About
Goal of my life
To dedicate oneself to the upliftment of the society and the nation by assimilating truth and honesty; to adapt a humble lifestyle and aspire for supreme wisdom; to adapt a compassionate and non-violent vegetarian lifestyle; to spread and practice humane values in all capacities I can
जीवनको लक्ष्य
सत्य र इमानलाई आत्मसात् गर्दै समाज र राष्ट्रको उत्थानमा समर्पित हुने तथा आफ्नो जिम्माको कामलाई भोलि नभनी निष्ठापूर्वक सतत लागि निश्चित समयमा समाप्त गर्ने। ‘सादा जीवन उच्च विचार’ लाई प्रोत्साहित गर्दै सात्त्विक खानपानमा जीवनयापन गर्ने इच्छाअनुरूप जीवनलाई तदनुकूल बनाएको।नेपाल राष्ट्रको एकतालाई हरहालतमा सुदृढ तुल्याउने कार्यमा भरमग्दुर प्रयत्न गर्दै देशको परम्परागत मूल्य र मान्यताको प्रतिष्ठा तथा गरिमा बढाउने कार्यमा सदैव दत्तचित्त रहनुलाई जीवनको उद्देश्य बनाएको।मानवोचित संस्कृतिलाई सम्वर्द्धन एवं प्रवर्द्धन गर्ने तथा विकृति, अन्धविश्वास, जातिभेद, रङ्गभेदलाई हटाइ ‘शाकाहार जीवनको आधार’ एवं “पशुबलि धर्म होइन’ भन्दै सकारात्मक सोचको माध्यमबाट मानवताको रक्षार्थ प्रतिबध्द भई सेवाकार्यमा जुट्ने।”वसुधैव कुटुम्वकम्” को विश्वजनीन सिध्दान्तलाई प्रोत्साहित गर्दै सेवामा अनवरत जुट्ने लक्ष्य राखेको।अबको संसारलाई सफल मानिसहरूभन्दा हरेक दृष्टकोणले असल, उदार, दिव्य, विशाल दृष्टिकोण भएको नागरिकको आवश्यकता छ।त्यसको लागि विश्वव्यापी रूपमा पहल हुनुपर्छ भन्ने दृष्टिकोणलाई सम्मान गर्दछु।
यो संसार पशुपक्षीको पनि भएकोले उनीहरूको अस्तित्वलाई स्वीकारेर हिंसारहित समाजको निर्माण गर्दै स्वास्थ्य, पर्यावरण आदिको वर्चस्वको लागि वनस्पतिजन्य वस्तुहरूको बढीभन्दा बढी उपयोग गरी पशुपक्षीको हिंसा गर्ने प्रवृत्तिलाई हटाउँदै साच्चै नै मानवोचित समाज र राष्ट्रको निर्माणमा योगदान पु-याउन आव्हान पनि गर्दछु।
About Dr. Govinda Tandon
Dr. Govinda Tandon. Since his childhood, he always had a soft corner for the people who were in miserable condition. He also got an education and guidance from his own family to help needy people. So, he started to work as a full-time social activist. Manab Sewa Ashram is providing food, shelter, and clothes to around 2000 people and is building its own building in more than 9 places. They refer to all the males as ‘Narayan’, females as ‘Laxmi’, and children as ‘Balgopal.’ They hope all the Nepalese people will help them to grow further and continue their mission to success. like they wish all Nepalese from inside and outside country got together and helped them to achieve their goal Not only people but the government also got involved and helped them. They aim to provide food, shelter, and clothes to all the needy people of the country till 2082 B. S. Their main motive is not to see many people laying helpless on the street till that year. As the government wants them to accomplish that project by 2078 and they are positive about that.
(Source: https://froxjob.com/stories/inspiring-story-of-dr-govinda-tandon)

डा. गोविन्द टण्डनको सङ्क्षिप्त परिचय
- नाम: डा. गोविन्द टण्डन
- जन्म: वि.सं. २०१२ वैशाख १९ गते बत्तीसपुतली, काठमाडौँ।
- ठेगाना: बत्तीसपुतली, काठमाडौँ।
- बुबाको नाम: स्व. महेश्वरबहादुर टण्डन, बत्तीसपुतली।
- आमाको नाम: स्व. श्रीमती मेघकुमारी टण्डन, बत्तीसपुतली।
- बाजेको नाम: स्व. श्रीइन्द्रबहादुर टण्डन, बत्तीसपुतली।
- वैवाहिक स्थिति :(विवाहित)-श्रीमती रसना टण्डन।
- सन्तान– एक छोरा –(१) इ. वसन्तबहादुर टण्डन) (२) बुहारी- (श्रध्दा टण्डन) र नाति(करुणेशबहादुर टण्डन)
शिक्षा
- “पशुपतिक्षेत्रको साँस्कृतिक अध्ययन” विषयमा वि.सं. २०४५ मा त्रिभुवन विश्वविद्यालयबाट पीएच.डी. ।
- स्नातकोत्तर, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व, त्रिभुवन विश्वविद्यालय (वि.सं. २०३६) ।
- स्नातक, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व, (वि.सं. २०३३) ।
- आइ.ए., नेपाली, अर्थशास्त्र एवं नागरिक शास्त्र, (वि.सं. २०३१)
- एस.एल.सी., श्री ५ को सरकार शिक्षा मन्त्रालय, (वि.सं. २०२८) ।
पेशागत संलग्नता
- नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व शिक्षण विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उपप्राध्यापकको रूपमा अध्यापन कार्य गरेको (वि.सं. २०३६ – वि.सं. २०५५) ।
- पशुपतिक्षेत्र विकास कोषका तात्कालिक अध्यक्ष स्वर्गवासी श्री ५ बडामहारानी ऐश्वर्यराज्यलक्ष्मीदेवी शाह सरकारबाट पशुपतिक्षेत्र विकास कोष कार्यकारिणी समितिको कोषाध्यक्ष –विशिष्ट श्रेणी) पदमा मनोनित (वि.सं. २०४४ देखि वि.सं. २०४९) ।
- पशुपतिक्षेत्र विकास कोषका तात्कालिक संरक्षक स्वर्गवासी श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाह सरकारबाट मन्त्रीपरिषदको सिफारिसमा पशुपतिक्षेत्र विकास कोष, सञ्चालक परिषद्को सदस्य–सचिव (विशिष्ट श्रेणी) पदमा मनोनित (वि.सं. २०४९ देखि वि.सं. २०५० भाद्र)
- तात्कालिक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभाको प्राज्ञ (वि.सं.२०६१ – वि.सं. २०६३) ।
- तात्कालिक श्री ५ को सरकार शिक्षा मन्त्रालयद्वारा गठित पाठ्यक्रम विकास एवं सुधार समितिको सदस्य (वि.सं. २०६१ – वि.सं. २०६३) ।
- वि.सं. २०७० आषाढदेखि वि.सं. २०७४ आषाढसम्म सदस्य(सचिव, पशुपतिक्षेत्र विकास कोष, काठमाडौँ
विविध क्रियाकलाप
- जापान अन्ताराष्ट्रिय सहयोग संस्थाअन्तर्गत जापान समुद्रपार स्वयंसेवक सङ्घका नेपालका विभिन्न भागमा काम गर्ने स्वयंसेवकहरूलाई नेपाली भाषा, धर्म-संस्कृति विषयमा दिइने प्रशिक्षणमा संलग्न-(वि.सं. २०३६- वि.सं.२०४४) ।
- पिट्जर कलेज, अमेरिका, ‘नेपाल सेमिष्टर’ मा भाग लिने विद्यार्थीहरूलाई धर्म-संस्कृतिसम्बन्धी विषयमा लेक्चर दिँदै आएको (वि.सं. २०३५-वि.सं.२०७० सम्म)।
- पशुपतिक्षेत्र विकास कोषको आर्थिक नियमावली २०४५ एवं प्रशासनिक नियमावली २०४५ तयार पार्न विशेष भूमिका निर्वाह गरेको।
- विभिन्न सङ्घसंस्थाहरू- असहाय बाल शिक्षा कार्यक्रम,धुमवाराही, किरातेश्वर सङ्गीताश्रम,पशुपति,अन्ताराष्ट्रिय कृष्णभावनामृत सङ्घ (ISKON), नेपाल, प्रणवानन्दआश्रम, गौरीघाट,काठमाडौँ, सनातन धर्म सेवा ट्रष्ट,काठमाडौँ, डा. बलराम जोशी ज्ञान प्रतिष्ठान, बागबजार,काठमाडौँ, शरणागति अन्ताराष्ट्रिय आध्यात्मिक प्रतिष्ठान,सिफल, काठमाडौँ, चिन्मय आध्यात्मिक सेवा सङ्घ, पुल्चोक,ललितपुर, पशुपक्षीप्रति निर्दयता रोकावट समाज, (नेपाल), श्रीवेणुगोपाल मन्दिर सेवा समिति, श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं सम्वर्ध्दन समिति आदि धार्मिक- सामाजिक सङ्घ-संस्थाहरूको विधान तयार गरी संस्था स्थापना तथा संवद्र्धन गर्नमा योगदान पुर्याएको।
- नेपाल अधिराज्यको संविधान संशोधनका लागि वि.सं. २०३७ मा सुझाव पठाउन सार्वजनिक आह्वान भएअनुसार तात्कालिक संविधान सुधार आयोगमा विभिन्न महत्त्वपूर्ण सुझावहरू पठाएको।
- नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण हुँदा सुझाव पठाउन सार्वजनिक आह्वान हुँदा विभिन्न महत्त्वपूर्ण सुझावहरू पठाएको।
- स्वर्गवासी श्री ५ महाराजाधिराज वीरेन्द्रवीर विक्रम शाह सरकारबाट निर्देशन भए बमोजिम “गुठीसम्बन्धी प्रतिवेदन २०३९ को समीक्षा एवं टिप्पणी” माथि अध्ययन गरी सुझाव टक्र्याएको (वि.सं. २०४३)।
- श्री ५ बडामहारानी ऐश्वर्यराज्यलक्ष्मी देवी शाह सरकारबाट निर्देशन भएबमोजिम “श्रीपशुपतिनाथ मन्दिरको पुजारीहरूको अधिकार र कर्तव्य विषयका अभिलेखहरूको अध्ययन गरी प्रतिवेदन टक्र्याएको (वि.सं. २०४५)।
- बत्तीसपुतलीस्थित श्रीरामचन्द्रमन्दिरको भग्न र नाजुक अवस्थालाई दृष्टिगत गरी वि.सं. २०४८ देखि जीर्णोद्धार एवं सम्वर्ध्दन कार्यमा विशेष तल्लीन भई कार्य गरे फलस्वरूप मन्दिरको प्राचीन भव्यतालाई पुनर्जीवन दिन सफल भएको।
- त्रि.वि.वि.को राष्ट्रिय विकास सेवा कार्यक्रमअन्तर्गत धनकुटा तथा पाल्पाको विद्यालयहरूमा कक्षा सञ्चालनको अतिरिक्त विविध विकास-निर्माण कार्यहरूमा सहयोग पुर्याएको।
- आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर रहेको पावन क्षेत्रको महत्त्व र प्रतिष्ठालाई बढाउन तत्सम्बन्धी विशिष्ट अनुसन्धान, ग्रन्थलेखन, विविध लेख एवं रचनाहरूको माध्यमबाट उल्लेखनीय सहयोग पुर्याएको।
- सकारात्मक सोच, जीवननिर्माण, शिक्षा, स्वास्थसम्बन्धी विभिन्न कार्यक्रमहरूको आयोजनाहरू गरी विभिन्न जिल्लाहरूमा सहयोग पुर्याएको।
- विभिन्न पत्र-पत्रिकाहरूमा धर्म-संस्कृति एवं सम्पदासम्बन्धी समसामयिक विषयहरूमा सैयौँ लेखहरू प्रकाशित।
- नेपाल टेलिभिजनको ‘धर्म-संस्कृति’ भन्ने कार्यक्रमको लागि नेपालका विभिन्न मठ, मन्दिर, तथा ऐतिहासिक, पुरातात्त्विक स्थलहरूको झण्डै पैतीसवटा भन्दा बढी वृत्तचित्रहरूका लागि नि:शुल्क आधिकारिक आलेख तयार पारिदिएको।
- इतिहास, संस्कृति, पुरातत्त्व एवं समसामयिक विषय तथा पशुअधिकारको सम्बन्धमा विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा एफ.एमहरूमा सैयौँ अन्तर्वाता दिएको।
- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यावारिधिका विद्यार्थीहरूको शोधपत्र समीक्षक एवं परीक्षक भई सहयोग पुर्याएको।
- बनारस हिन्दु विश्वविद्यालयअन्तर्गतका विद्यावारिधिका विद्यार्थीहरूको शोधपत्र समीक्षक भई सहयोग पु-याएको।
- पशुपक्षीप्रति निर्दयता रोकावटका लागि तदनुकूलको वातावरण तयारीका लागि लामो समय (वि.सं. २०४७ देखि प्रयासरत एवं पशुपक्षीप्रति निर्दयता रोकावट समाजको स्थापनामा सक्रिय योगदान पु-याएको।यो नै नेपालको पशुकल्याणको क्षेत्रमा पहिलो संस्थागत प्रयास भएको।
- धर्म-संस्कृतिको आधारस्वरूप रहेको गुठीव्यवस्थाको वर्चस्वको लागि गुठी अधीनस्थ एवं निजी गुठीका जग्गालाई रैतान गर्ने परिपाटी गलत छ त्यसलाई रोक्नुपर्छ भनी झण्डै चार दशकदेखि आवाज बुलन्द पार्दै आएको।
- देवी-देवताको मठ-मन्दिरहरूमा पशुपक्षी बलि दिने गलत प्रथाको अन्त्य हुनुपर्छ भनी “पशुवलि निषेध चेतना अभियान” र अहिंसाको अगुवाइ गर्दै यसका लागि चेतना बढाउने कार्यमा विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको।
- अर्घाखाँचीस्थित श्रीपरशुरामेश्वरमन्दिर जीर्ण र भग्न अवस्थामा पुगेकोमा त्यसको महत्त्वलाई उजागर गर्दै संरक्षण, संवर्ध्दनको साथै त्यसलाई तीर्थस्थल एवं पर्यटकीय स्थल बनाउन सक्रिय रूपले समर्पित।
- “बाँच र बाँच्न देऊ”, “वसुधैव कुटुम्बकम्” जस्ता उच्चतम् आदर्शहरू दिनानुदिन लोप हुँदै जान लागेको तथा यस्तो शाश्वत चिन्तनहरूलाई युवापुस्तामा हस्तान्तरण गर्दै परिवार, समाज, राष्ट्र एवं अन्ततोगत्वा विश्वमा असल व्यक्तिहरू बढ्ने र बढाउने अभियानलाई “सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन” साँचो जीवननिर्माणको माध्यमबाट प्रचार-प्रसार गर्ने अभियानमा सक्रिय।
- सडक, गल्ली, बाटोमा तिरस्कृत र कष्टकर जीवन बिताइरहेकाहरूलाई उध्दार गर्दै ‘मानवसेवा आश्रम’ को स्थापना एवं प्रवर्ध्दन गरी नेपालका विभिन्न जिल्लाहरूमा सेवाको हात बढाउँदै नेपाललाई वि.सं. २०७८ सम्म ‘सडकआश्रित सहयोगापेक्षी मानवमुक्त देश नेपाल मानवताको देश” बनाउने उदेश्यसहित कार्यक्रमहरू सञ्चालन गर्दै योगदान पु-याएको।हा १४ जिल्लाको २५ वटा ठाउँमा ‘सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन (साँचो जीवन निर्माण अभियान’ को मातृत्वमा ‘मानवसेवा आश्रम’ को स्थापना गरी देशभरका करीब १८०० जना सडकआश्रित, सहयोगापेक्षीहरूलाई दैनिक खाना,नाना, छाना र औषधोपचारको सेवा एवं सहयोग पु-याइरहेको। साथै यस संस्थाको माध्यमबाट ठूलो सङ्ख्यामा निर्स्वार्थी युवाहरूको समूहलाई अभिप्रेरित तथा मार्गदर्शन गरिरहेको। युवा नेतृत्वलाई अघि लगाएर समाज, राष्ट्र र मानवसेवाको कार्यमा नयाँ प्रयोग गरेको। विश्वकै लागि उदाहरणीय कार्य हुने गरी सफलताको दिशाम अग्रसर भएको।
ग्रन्थ प्रकाशन
- काठमाडौँ अधित्यकाका गणेश मूर्तिहरू (कीर्तिपुर: नेपाल र एशियाली अनुसन्धान केन्द्र, वि.सं.२०४२।
- नेपालमा गुठी व्यवस्था (काठमाडौँ: नेपाल अध्ययन समूह, वि.सं. २०४५) ।
- पशुपतिक्षेत्रको साँस्कृतिक अध्ययन, भाग १(काठमाडौँ: झरेन्द्रशमशेर ज.ब.रा., श्रीमती मञ्जु राणा, वि.सं. २०५३)।
- पशुपतिक्षेत्रको साँस्कृतिक अध्ययन, अभिलेख खण्ड भाग २(काठमाडौँ: झरेन्द्रशमशेर ज.ब.रा., श्रीमती मञ्जु राणा, वि.सं. २०५६)।
- संस्कृति संरक्षण: केही लेख केही विचार (काठमाडौँ: झरेन्द्रशमशेर ज.ब.रा., वि.सं.२०५५)।
- पशुपतिक्षेत्रका मठ, मन्दिरहरूको सञ्चालन र अवस्था (काठमाडौँ: झपट पुरस्कार गुठी, वि.सं.२०५४) ।
- समाज र राष्ट्रको उत्थानमा गूठीहरूको भूमिका (काठमाडौँ: मृगेन्द्र-सम्झना गुठी, वि.सं. २०५६) ।
- राइबाबासँग साक्षात्कार (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं. २०६३)।
- सर्वोत्कृष्ट जीवनका लागि शाश्वत चिन्तन (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन,मालीगाउँ, वि.सं २०६५)।
- ज्ञानको चमत्कार (काठमाडौ: स्वाध्याय परिवार, वि.सं. २०७०)।
- जितैजित (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन, वि.सं. २०७०)।
- प्रेरणै-प्रेरणा (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन, वि.सं. २०७४)।
- नेपालमा गुठी व्यवस्था, दोस्रो संस्करण, (काठमाडौँ: साग्रीला बुक्स, वि.सं. २०७६)।
- इतिहासका थप पृष्ठहरू,(काठमाडौँ: साग्रीला बुक्स, वि.सं. २०७६) ।
सह लेखन
- प्रो. डा. एक्सल मिखाइल र गोविन्द टण्डन, म्याप अफ देवपाटन (जर्मनी:भीजीआर,१९९४)।
- प्रो. डा. एक्सल मिखाइल र गोविन्द टण्डन, पशुपतिक्षेत्र (काठाडौँ: किताब पसल, वि.सं.२०७३)।
ग्रन्थ सम्पादन
- यासुमासा ओइजुमी, नेपालमा तरकारी खेती (काठमाडौँ: जापान ओभरसीज भोलेण्टिएर कोपरेशन,(JOCV) वि.सं. २०३९)।
- यासुमासा ओइजुमी, पालुङक्षेत्रमा कृषकहरूका लागि तरकारी खेतीको तरिका र केही निर्देशनहरू (काठमाडौँ: जनकपुर कृषि विकास योजना, वि.सं. २०४२)।
- जुन्जी ताकाहासी, तरकारीको बीउ उत्पादन र रासायनिक मलको प्रयोग (काठमाडौँ:जाइका, वि.सं. २०४२)।
- भोलामानसिंह बस्नेत, कृषकहरूको लागि धान खेतीको प्रारम्भिक पुस्तक, (काठमाडौँ: जनकपुर अञ्चल कृषि विकास योजना(JADP), वि.सं. २०४२।
- पशुवलि निषेध चेतना (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन, वि.सं. २०६९)।
अनुवाद
- तराईका कृषि प्राविधिज्ञको लागि सिञ्चित कृषिको व्यवहारिक उत्पादन प्रविधि पुस्तक (काठमाडौँ: जापान अन्ताराष्ट्रिय सहयोग संस्था(JICA) वि.सं. २०४१)।
हिन्दीबाट नेपालीमा अनुवाद
- हिन्दुहरूको आराध्यदेव श्रीपशुपतिनाथ (काठमाडौँ: पर्यटन विभाग, वि.सं.२०४५)।7
- रमणमहर्षिकृत उपदेशसार (काठमाडौँ: चिन्मय आध्यात्मिक सेवा सङ्घ, वि.सं. २०५४)।
- स्वामी चिन्मयानन्दद्वारा गरिएको व्याख्यानसहितको श्रीमदभगवद्गीता (काठमाडौँ: चिन्मय आध्यात्मिक सेवा सङ्घ वि.सं. २०६०)।
- तत्त्ववोध (काठमाडौँ: चिन्मय आध्यात्मिक सेवा समिति, वि.सं. २०५९)।
संयोजक
- श्रीअरविन्दकृत पश्चिमका खण्डहरहरूबाट भारतको पुनर्जन्म (मैसूर: द मदर्स इन्ष्टिच्युट अफ रिसर्च, सन् २०००)।
- नेपाली, अङ्क १८५ (ललितपुर: मदन पुरस्कार गुठी, श्रीदरबार टोल, वि.सं. २० )।
- नेपाली, अङ्क २०० (ललितपुर: मदन पुरस्कार गुठी, श्रीदरबार टोल, वि.सं. २०)।
सम्पादक मण्डल
- इ. शि .बाबुराम आचार्य स्मृति ग्रन्थ, काठमाडौँ: बाबुराम आचार्य शतवार्षिकी समिति,(वि.सं.२०४४)
- योगी नरहरिनाथ अभिनन्दन-ग्रन्थ, काठमाडौँ,(वि.सं. २०५६)।
- नेपालको इतिहासका विविध पक्ष, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान,(काठमाडौँ: (वि.सं. २०५६)।
प्रधान सम्पादक
- श्रीमती अङ्गुरबाबा जोशी अभिनन्दन ग्रन्थ, काठमाडौँ: (वि.सं. २०५६)।
प्रकाशक
- कविकेशरी बस्नेत, नेपालमा पारवहन व्यवस्था (काठमाडौँ: नेपाल अध्ययन समूह, वि.सं.२०४३)।
- ए मान्छे (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं. २०५९)।
- देवीबहादुर थापा, सोह्र संस्कार र हाम्रो संस्कृति(काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं.२०६७)।
- ज्योति भट्टराई, भक्ति महिमा (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं.२०६७)।
कार्यपत्र प्रस्तुति
- “लागू औषधि नियन्त्रणमा गैरसरकारी संस्थाहरूको भूमिका”, लागू औषधी दुरूपयोग
- नियन्त्रणसम्बन्धी नेपाल युवक सङ्गठनले आयोजना गरेको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत (वि.सं. २०४१)।
- “लागू औषधी नियन्त्रणमा सङ्घ-संस्थाहरूले खेल्नुपर्ने भूमिका”, नेपाल युवक सङ्गठनद्वारा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत (वि.सं. २०४२)।
- “राष्ट्र र समाजको उत्थानमा गुठीको भूमिका”, मृगेन्द्र चिकित्सा गुठीद्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत (वि.सं. २०४३)।
- “धर्म र संस्कृतिको जगेर्नामा हिन्दुधर्म सेवा समन्वय समितिको दायित्व”, हिन्दुधर्म सेवा समन्वय समितिद्वारा आयोजित राष्ट्रव्यापी बृहद् भेलामा कार्यपत्र प्रस्तुत (वि.सं. २०४४)।
- “पशुपतिक्षेत्रको वातावरण सम्वर्द्धन उपायहरू”, नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान”द्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत (वि.सं.२०४५)।
- “पशुपतिक्षेत्रको सामुदायिक सुविधाहरूको व्यवस्था” त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत (वि.सं. २०४५)।
- “पशुपतिक्षेत्रको धार्मिक-साँस्कृतिक जगेर्नाका लागि अपनाइनुपर्ने उपायहरू”, महेन्द्र संस्कृति विश्वविद्यालयद्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत (वि.सं. २०४५)।
- “लुकु महादेवको परम्परा र साँस्कृतिक महत्त्व” नेपाल जर्मन रिसर्च प्रोग्रामद्वारा आयोजित
- अन्ताराष्ट्रिय गोष्ठीमा समीक्षकको हैसियतले कार्यपत्र प्रस्तुत (वि.सं.२०४५)।
- “पशुपतिनाथ र पशुपतिक्षेत्रको महत्त्व र उपादेयता”, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत (वि.सं.२०५४।)
- “नेपालको संस्कृतिमा कुकुर र यसको परम्परा” रेविज रोग नियन्त्रण विषयक ह्युमेन सोसाइटी इन्टरनेशनल, यूके र टर्फ विश्वविद्यालय, अमेरिकाद्वारा आयोजित कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत(वि.सं.२०५८)।
- “नेपालमा कुकुरबाट हुने रेविज रोग: समस्या र समाधानको उपाय”, युनेस्कोको सहयोगमा नेपाल जोनोसिष्ट संस्थाद्वारा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत (वि.सं.२०५९)।
सामाजिक सङ्घ-संस्थामा संलग्नता
- प्रतिनिधि सदस्य: हिन्दुधर्म सेवा समन्वय समिति (वि.सं.२०४२-वि.सं. २०४४)।
- महासचिव: सनातन धर्म सेवा समिति (वि.सं.२०३७- वि.सं.२०४४)।
- कोषाध्यक्ष:पशुपतिक्षेत्र विकास कोष, कार्यकारिणी समिति (वि.सं.२०४४- वि.सं.२०४९)।
- सदस्य-सचिव: पशुपतिक्षेत्र विकास कोष, सञ्चालक परिषद् (वि.सं.२०४९- वि.सं. २०५० एवं वि.सं.२०७०- वि.सं.२०७४)।
- संस्थापक सदस्य-सचिव:श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं सम्वर्ध्दन समिति, बत्तिसपुतली, (वि.सं. ि हालस
- संस्थापक सदस्य-सचिव: पशुपक्षिप्रति निर्दयता रोकावट समाज, काठमाडौँ(वि.सं.२०४८- वि.सं.२०५२)।
- अध्यक्ष: पशुपक्षीप्रति निर्दयता रोकावट समाज, काठमाडौँ (वि.सं.२०४८- वि.सं.२०७४)।
- प्रमुख संरक्षक, पशुपक्षीप्रति निर्दयता रोकावट समाज, काठमाडौँ (वि.सं.२०७४- हालसम्म)।
- अध्यक्ष: शरणागति अन्ताराष्ट्रिय आध्यात्मिक प्रतिष्ठान (वि.सं. २०५६-वि.सं.२०६२)।
- सदस्य-सचिव: इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान(वि.सं.२०४२- वि.सं.२०५९)।
- सदस्य:मदर पुरस्कार गुठी, ललितपुर(वि.सं.२०५४- हालसम्म)।
- सदस्य:डा. श्रीबलराम जोशी ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठान(वि.सं.२०५५-हालसम्म)।
- सल्लाहकार:वासुदेव भट्टराई स्मृति पुरस्कार गुठी(वि.सं.२०५५- वि.सं.२०५९)
- सदस्य: चिन्मय आध्यात्मिक सेवा सङ्घ, काठमाडौँ (वि.सं.२०५६- वि.सं.२०७३)।
- अध्यक्ष: चिन्मय आध्यात्मिक सेवा सङ्घ, काठमाडौँ (वि.सं.२०७३- हालसम्म)
- अध्यक्ष: गीता समुदय प्रकाशन, काठमाडौँ(वि.सं.२०५३-हालसम्म)
- महासचिव:राजर्षि जनक स्मृति प्रतिष्ठान, काठमाडौँ (वि.सं.२०५५-वि.सं.२०६९।
- सदस्य:हिन्दुविद्यापीठ व्यवस्थापन समिति, थली, काठमाडौँ (वि.सं.२०५८- वि.सं.२०६५) ।
- गुठियार:हिन्दुविद्यापीठ, बालकुमारी, ललितपुर (वि.सं.२०६१- हालसम्म)।
- सदस्य: श्रीमङ्गलादेवी नि.मा.वि. व्यवस्थापन समिति बत्तीसपुतली (वि.सं.२०५९- वि.सं. २०६३)।
- संरक्षक:पशुपतिकिरातेश्वर योगाश्रम, (वि.सं.२०६२- हालसम्म)।
- अध्यक्ष:ग्रन्थरत्न प्रकाशन समिति, काठमाडौँ (वि.सं.२०५८- हालसम्म)
- सल्लाहकार:दण्डपाणि अज्र्याल स्मृति केन्द्र, काठमाडौँ (वि.सं.२०६४- हालसम्म)।
- संयोजक:पशुवलि निषेध चेतना अभियान(वि.सं.२०६५-हालसम्म)।
- संस्थापक अध्यक्ष: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान),वि.सं.२०६६- हालसम्म)।
- प्रमुख संस्थापक:मानव सेवा आश्रम (वि.सं. २०६९-हालसम्म)।
- अध्यक्ष:मानव सेवा आश्रम (वि.सं. २०६९-वि.सं. २०७३)।
- प्रमुख संरक्षक:मानव सेवा आश्रम (वि.सं. २०६९-वि.सं. हालसम्म)।
पत्र-पत्रिकामा सम्बद्धता
- प्रमुख सल्लाहकार:धर्म सन्देश, सनातन धर्म सेवा समिति(वि.सं.२०४२- वि.सं.२०४४)।
- सम्पादक मण्डल सदस्य:धर्म सन्देश, सनातन धर्म सेवा समिति (वि.सं.२०३७- वि.सं. २०४४)
- प्रधान सम्पादक:अभिलाषा, जायन्ट्स इन्टरनेशनल, नेपाल,(वि.सं.२०४२- वि.सं.२०४३)।
- सम्पादक मण्डल सदस्य:इ.शि. बाबुराम आचार्य स्मृति गन्थ,(वि.सं. २०४२)।
- सम्पादक मण्डल सदस्य: योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ,(वि.सं. २०५६)।
- स्तम्भकार: कान्तिपुर (राष्ट्रिय दैनिक) (वि.सं. २०५४ – वि.सं. २०५६)।
- स्तम्भकार: देशान्तर साप्ताहिक,(वि.सं. २०४३- वि.सं.२०४५)।
- सम्पादकमण्डल सदस्य: समुदय, त्रैमासिक,(वि.सं.२०५४- हालसम्म)।
- सम्पादकमण्डल सदस्य:जनक, वार्षिक मुखपत्र, राजर्षि जनक स्मृति कोष, (वि.सं.२०५७- वि.सं. २०६९ सम्म)।
गोष्ठी, सम्मेलन आदिमा सहभागिता
- विश्व हिन्दुसम्मेलन, वीरगञ्ज, नेपाल (वि.सं. २०३७) ।
- युथ सेमिनार अन वर्ल्ड रिलिजन्स, अमेरिका, इजरायल, टर्की, इटाली, भारत, थाइल्याण्ड, चीन, दक्षिण कोरियामा भाग लिएको (वि.सं.२०३८)।
- हिन्दुसम्मेलन, विश्व हिन्दुमहासङ्घद्वारा आयोजित, (वि.सं. २०४१)।
- राष्ट्रव्यापी बृहद् हिन्दुसम्मेलन, सनातन धर्म सेवा समितिद्वारा आयोजित (वि.सं. २०४२)।
- समाजसेवीहरूको राष्ट्रिय भेला, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्द्वारा आयोजित (वि.सं. २०४२)।
- पशुपतिक्षेत्रसम्बन्धी तात्कालिक नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालयद्वारा आयोजित गोष्ठीहरूमा सहभागिता (वि.सं. २०४४, वि.सं. २०४५)।
- “नेपालको सांस्कृतिक सम्पदा, अवस्था र संरक्षण” विषयक नेपाल जर्मन रिसर्च प्रोगामद्वारा आयोजित गोष्ठीमा सहभागिता (वि.सं. २०४५)।
- “रेविज रोग: समस्या र समाधान” विषयक काठमाडौँमा भएको कार्यशाला गोष्ठीमा सहभागिता (वि.सं. २०३८) ।
- ह्युमेन सोसाइटी इन्टरनेशनलद्वारा अमेरिकाको फ्लोरिडामा आयोजित “पशुपक्षीहरूको कल्याण” विषयक अन्ताराष्ट्रिय सम्मेलनमा सहभागिता (वि.सं. २०५९)।
पदक/पुरस्कार
- श्री ५ वीरेन्द्र शुभराज्याभिषेक पदक (वि.सं. २०३१)।
- ‘सामाजिक सेवा दिवस’ को उपलक्ष्यमा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा प्रथम भई स्वर्ण पदक प्राप्त(वि.सं. २०४०)।
- मृगेन्द्र चिकित्सागूठीद्वारा आयोजित ‘नेपालमा गुठीव्यवस्था र राष्ट्रको उत्थानमा यसको भूमिका’ विषयक शोधग्रन्थ प्रतियोगितामा प्रथम भई स्वर्ण पदक प्राप्त ।
- सार्क पदक (वि.सं. २०४४)।
- श्री ५ वीरेन्द्रवीरविक्रम शाहदेव सरकारबाट ‘महेन्द्रविद्याभूषण’ प्रथम श्रेणीबाट विभूषित (वि.सं. २०५२)।
- झपटसिंह पुरस्कार (वि.सं. २०५४)।
- गुणराज पुरस्कार (वि.सं. २०५५)।
- भूपालमानसिंह पुरस्कार (धर्म) (वि.सं. २०५९)।
विदेश भ्रमण
- भारत, चीन, अमेरिका, जर्मन, इजरायल, टर्की, हल्याण्ड, थाइल्याण्ड, हङकङ, सिङ्गापुर, जापान, इटाली आदि ।
अभिनन्दन एवं सम्मान
- नेपाल मारवाडी ब्राह्मण सेवा सङ्घ (वि.सं. २०६०)।
- डा. ठाकुरनाथ पन्त स्मृति गुठी (वि.सं. २०६२)।
- मदन पुरस्कार गुठी( वि.सं. २०६२।
- रोटरी क्लव अफ त्रिपुरेश्वर( वि.सं. २०६३।
- संस्कृति प्रतिष्ठान, वि.सं. २०६४।
- राधामाधव वैदिक गुरुकुल( वि.सं. २०६४।
- शरणागति अन्ताराष्ट्रिय प्रतिष्ठान( वि.सं. २०६५।
- योगी नरहरिनाथ ट्रष्ट स्मृति सेवा केन्द्र,(वि.सं. २०६५।
- वैदिक उद्वोधन संघ,( वि.सं. २०६५।
- श्रीकृष्णप्रणामी धर्म महोत्सव,(वि.सं. २०६६।
- जे.पी. प्रतिष्ठान, (वि.सं.२०६८)।
- शक्ति-स्मृति प्रतिष्ठान,( वि.सं. २०७०।
- योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्,(वि.सं. २०७०)
- आदि गुरु श्रीशङ्कराचार्य समाधिस्थल पुनस्थापना यात्रा,केरला, भारत,(वि.सं. २०७०)।
- मारवाडी सेवा समिति,(वि.सं. २०७०।
- राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान,(वि.सं.२०७१)।
- कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोपरेटिभ लि,(वि.सं. २०७१।
- राजर्षि जनक स्मृति कोष,( वि.सं. २०७१।
- विश्व शान्ति अभियान( वि.सं. २०७२।
- मंगल सेवा समिति, आसाम, भारत,(वि.सं.२०७२।
- नेपाल संस्कृत विश्वविद्यालय,(वि.सं. २०७२)।
- श्रीकृष्णप्रणामी युवा परिषद्, काठमाडौँ,(वि.सं.२०७२)।
- श्रीपशुपति संगीत कला प्रतिष्ठान, देवपत्तन,(वि.सं.२०७२।
- अहिंसा समवाय नेपाल र नेपाल अणुव्रत समिति, काठमाडौँ,(वि.सं.२०७२)।
- भक्ति दर्शन टेलिभिजन, ललितपुर,(वि.सं.२०७३।
- नागरिक अभिनन्दन, लाइन्स क्लव (लाइन्स क्लव अभियान एक शय वर्ष पुगेको उपलक्ष्यमा आयोजित) पोखरा,(वि.सं.२०७५)।
- एसओएसको एक शयौँ वर्षको उपलक्ष्यमा समाजसेवाको क्षेत्रमा विशिष्ट योगदानको कदरस्वरूप सम्मान गरेको (वि.सं.२०७५)।